जेरुसेलम, २० चैत – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनस्थापनाका लागि भएको सम्झौता रद्द गर्न लागिएको बताउनुभएको छ ।
इजरायली दक्षिणपन्थी समूहको बढ्दो दवावका कारण नेतन्याहुले उक्त कदम चाल्नुभएको हो ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौता फिर्ता हुने घोषणा गर्नुभएको थियो ।
समाचारलाई स्थानीय प्रशारण तथा छापा सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् । उहाँले दक्षिणपन्थी राजनीतिक समूह तथा उहाँका कयौं आफ्नै समर्थक समेतमा देखिएको तातो रिस साम्य गर्न सम्झौताबाट पछि हट्ने निर्णय लिएको बताउनुभएको थियो ।
सोमबार राती पोष्ट गरेको फेसबुक सन्देशमा पनि नेतन्याहुले आप्रबासीका सम्बन्धमा राष्ट्रसंघीय आप्रवासी मामला हेर्ने निकायसँग गरेको सम्झौतालाई व्यापक छलफलपछि रद्द गर्ने निर्णयमा पुगेको बताउनुभएको छ ।
सम्झौताले अस्थायी रूपमा नै भएपनि हजारौँ आप्रबासीलाई इजरायलमा रहनसक्ने व्यवस्था गरेको थियो । उहाँले सम्झौता खारेज नै हुने मङ्गलबार इरानी सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी