इस्लामावाद, १९ चैत – नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किनुभएको छ । चार दिनको पाकिस्तान भ्रमणपछि उहाँ सोमबारै इस्लामावादबाट लन्डन फिर्ता भएको जनाइएको छ । उहाँको परिवार पनि बेलायत फर्किनुभएको छ ।
पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उहाँ पहिलो पटक स्वदेश फर्किनुभएको हो ।
स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उहाँको बेलायतमा उपचार भएको थियो । उपचारपछि उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गर्नुभएको हो ।
हाल पाकिस्तानमा रहँदा उहाँले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गर्नुभएको थियो ।
बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उहाँले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताउनुहुन्छ ।
उहाँको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।
उहाँले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भन्नुभएको थियो–’म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ । अहिले त मेरो लागि ठूलै सुरक्षा प्रबन्ध गरिएको होला जस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु ।’
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी