बर्लिन, जर्मनी, १८ चैत – स्पेनको क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख काल्स पुज्डमोनको रिहाइ माग गर्दै आइतबार उहाँका सयौँ समर्थकले जर्मनीको राजधानी बर्लिनमा प्रदर्शन गरेका छन् ।
उहाँलाई राज्य विद्रोह गरेको आरोपमा गत हप्ता जर्मनीबाट पक्राउ गरिएको थियो ।
जर्मनीको राजधानी शहरमा पानी परिरहेको भएपनि प्रदर्शनकारी ब्रान्डेनवर्ग गेटबाट न्याय मन्त्रालयसम्म जुलुसमा सहभागी बनेका थिए । विरोध कार्यक्रमका सहभागीले ‘नेता पुज्डमोन र क्याटलान राजनीतिक वन्दी’को रिहाइका लागि अनुरोध गरेका थिए । ब्यानरमा स्पेनमा प्रजातन्त्र नभएको, आस्थाका आधारमा क्याटलोनियाली नेताहरूलाई बन्दी बनाइएको भन्ने भावका नारा लेखिएको थियो ।
जुलुसका सहभागीले क्याटलोनियाको स्वतन्त्रताका लागि भन्दै निला, पहेँला र राता झण्डाहरू बोकेका थिए ।
जर्मनी प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति पुज्डमोनलाई गत आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले पक्राउ गरेको थियो ।
उहाँ क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आउनुभएको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग