लन्डन । बेलायतमा अचेल च्यारिटी कार्यक्रम गनि नसक्नु छ । दिन, सातापिच्छे हुने च्यारिटीले बेलायतवासी नेपाली आजित भइसके । तर, शनिबार सांझ गैर आवासीय नेपाली संघ यूके (एनआरएनए यूके) ले अल्डरसटमा पहिलो पटक पृथक च्यारिटी गरयो डायष्पोरामा ।
उक्त च्यारिटी डिनर वीथ बक्सिङ शोमा अतिथी थिए ब्रिटिश प्रोफेसनल बक्सरहरु । रिङमा बेलायती खेलाडी नै भिडे ।
नाचगान भन्दा फरक च्यारिटीको परिकल्पना संघका उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले गरेका हुन् । गाहामगर नेपालमा छंदा बक्सिङका राष्ट्रिय खेलाडी र ब्रिटिश आर्मीमा पनि यही खेलसंग आवद्ध थिए । युवा परिचालन गरेर आफ्नो खेल अनुभव उनले यही इभेन्टमा खर्चिए ।
‘बक्सिङलाई सामाजिक कामसंग जोड्न खोजेका हौं’, संयोजक मगरले भने, ‘खेलाडीलाई प्रोत्साहन र यसले आगामी दिनमा नेपाली युवाको खेल सम्भावनालाई थप उजागर गरेझैं लाग्छ ।’
ब्रिटिश प्रोफेसनल बक्सरहरु वल्ड नम्बर थ्री जोन राइडर, १९९६ लन्डन एबीए फाइनलिस्ट अलान साउथवीक, ग्रेट ब्रिटेन बक्सिङ टिमका नम्बर २ खेलाडी क्रिस ब्रोक र यूरोपियन च्याम्पियन नेपाली आदिप राना च्यारिटीमा सहभागी थिए । बेलायतका विभिन्न क्लवमा आवद्ध खेलाडीहरुले दुई राउण्डमा आ आफ्नो खेल प्रस्तुत गरे । विजेता खेलाडीलाई अतिथी ब्रिटिश बक्सरहरु र नेपाली समुदायका अगुवाहरुले पुरस्कार प्रदान गरे । शोमा बाल्हाम बक्सिङ क्लब लन्डनका वीन्सटन फलावर र गोर्खाज बक्सिङ क्लब मेडस्टोनका कोच झपट भुजेलको भूमिका उल्लेख्य रहयो ।
बक्सिङ रिङमा उत्रिएका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रमबाट सामुदायिक एकीकरणमा मद्दत पुगेको बताए । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठीले नयां सोच र लक्ष्यका साथ युवाहरुलाई परिचालन गर्न यस्ता कार्यक्रम निरन्तर गरिने प्रतिवद्धता व्यक्त गरे ।
मन्तव्यका क्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले युवा पिंढीलाई खेलमार्फत सामाजिक काममा प्रेरित गर्न कार्यक्रमले थप बल पुगेको धारणा राखे । आचार्यले एनआरएनए यूके इतिहासमा यस कार्यक्रम ऐतिहासिक बनेको भन्दै संयोजक गाहामगरको प्रशंसा गरे ।
गोर्खाहरुको खुकुरी डान्स र अक्सन कार्यक्रमका थप आकर्षण थिए ।
आपतकालिन कोषका लागि गरिएको उक्त च्यारिटीबाट करिब ४५ लाख रुपैयां संकलन भएको गाहामगरले जानकारी दिए ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी