काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्ने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा उच्च अधिकारी रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम बेंकैया नायडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्नेछन्।
वार्तामा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक जानकारी दिँदै शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीसँग भारतको केन्द्रीय सरकारका मन्त्रिपरिषद्का केही वरिष्ठ सदस्यले शिष्टाचार भेट गर्नेछन । उनी उत्तरखण्डको पन्त नगरस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन्।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान