
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाडौंमा शुक्रबार आयोजित दोस्रो ‘फान अवार्डमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गर्नुहुँदै । तस्वीर: नवीन पौडेल/रासस
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तन ल्याउन चलचित्र निर्माण गरिनुपर्ने बताएका छ्न् ।
नेपाल कलाकार संघद्वारा शुक्रबार काठमाडौंमा आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिइने जानकारी दिए ।
छिट्टै भारत र नेपालका कलाकारबीच अन्तक्र्रिया गरी कला क्षेत्रको विकास र विस्तारमा थप सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “कला क्षेत्रको विकास गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्छु, कलाकारले सामाजिक जीवनको समग्रताको पक्षमा चलचित्र निर्माण गर्नुपर्छ ।”

पचास वर्ष कला क्षेत्रमा बिताएका कलाकार नीर शाह शुक्रबार नै ‘दीर्घ साधना’ बाट सम्मानित भएका छन् ।६५ वर्षीय शाहलाई रु एक लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मान गरिएको हो । शाहले सम्मानपछि पछिल्लो समय चलचित्र उद्योग गर्व गर्न लायकको भएको जनाउँदै जीवनको उत्तरार्धकालमा आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए ।
नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले कलाकार सङ्घको भवन निर्माणका लागि जग्गा प्रदान गर्न सरकारसँग आग्रह गरे । संघका महासचिव सरिता लामिछानेले चलचित्रको विकास र विस्तारका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
प्रोत्साहनका लागि नयाँ कलाकार प्रदीप खड्कालाई पनि सम्मान गरिएको थियो । यस्तै नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहलाई पनि सम्मान गरियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता