मस्को, १६ चैत – संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसको जानकारी शुक्रबार रुसी विदेश मन्त्रालयले दिएको छ ।
यसअघि अमेरिकी विदेश मन्त्रालयले गरेजस्तै अमेरिकाका ६० जना कूटनीतिज्ञलाई रुसले पनि देश छोड्न आदेश दिएको समाचारमा जनाइएको छ ।
तर यसलाई अमेरिकाले भने आधारहीन भनेको छ । अमेरिकाले आफ्ना कूटनीतिज्ञहरुलाई रुसले बिना कुनै आधार देशनिकाला गरेको बताएको छ ।
रुसको सहर सेन्ट् पिट्सवर्गमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गराउने आदेश रुसी विदेश मन्त्रालयले दिएको छ ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले ४८ घण्टाभित्र सो कन्सुलेट कार्यालय बन्द गर्न आदेश दिइएको जानकारी शुक्रबार बिहान दिनुभएको हो ।
रुसको उक्त आदेशपछि अमेरिकाको तर्फबाट यो प्रतिक्रिया आएको हो ।
अमेरिकाले रुसी कूटनीतिज्ञहरुलाई उनीहरुको कामका आधारमा देश निकालेको जनाएको छ र भनेको छ– ‘तर रुसले भने बदला लिने मात्र काम गरयो, हाम्रा कूटनीतिज्ञ निकाल्नुपर्ने आधार रुससँग छैन ।’
पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेका छन् । त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने गरेको छ ।
सुरूमा अमेरिकाले दुई बृटिश नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाएर ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बताएको थियो ।
त्यसैको जवाफस्वरुप रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो । अमेरिकाले त्यहाँको सियाटलस्थित रूसी महावाणिज्यदूतावास बन्द गराएर कूटनीतिज्ञलाई देश छोड्न भनेको हो ।
यता रुसले पनि सेन्ट पिटस्बर्गमा रहेको एक अमेरिकी कन्सुलेट कार्यालय बन्द गराएको हो । यस घटनापछि यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग