काठमाडौँ- कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ । जितसँगै समूह चरणमा दोस्रो हुँदै यमन सन् २०१९ मा संयुक्त अरब इमिरेट्समा हुने एएफसी एशियन कपका लागि छनोट भएको छ भने फिलिपिन्स समूहको शीर्ष स्थानमा रह्यो । त्यस्तै, समूह एफ मा रहेका नेपाल र ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिए ।
प्रतियोगितामा छ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन भने दुई खेलमा मात्र बराबरी खेलेको थियो ।
यमनले खेलको ३४औँ मिनेटमा पहिलो अग्रता लिएको थियो भने नेपालका नवयुग श्रेष्ठले खेलको पहिलो हाफको अन्तिम समयमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर त्यो १–१ गोलको बराबरी लामो समयसम्म टिक्न सकेन ।
खेलको ८३औँ मिनेटसम्म रोकेको नेपालले अन्ततः खेलको ८४औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल खान पुग्यो । नेपाली टोलीका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डी बक्स एरियामा फल गरेपछि यमनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता