लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा ‘नेपाल महोत्सव’ हुने भएको छ । नेपाली नयां वर्ष २०७५ को अवसर पारेर गैर आवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक नेपाल महोत्सव हुने भएको हो ।
संघले राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा यही १५ अप्रिलमा नेपाल महोत्सव गर्न लागेको छ । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, सम्वर्धन, प्रवर्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले जानकारी दिए । महोत्सव पोर्चुगलको नेपाली समुदायका लागि भव्य कार्यक्रम हुने र सोही अनुसार तयारी गरिएको कार्कीले बताए । महोत्सवमा प्रमुख आतिथ्य ग्रहणका लागि संघले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारीलाई औपचारिक निम्तो पठाइएको अध्यक्ष कार्कीले बताए ।
नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।
महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर व्यापक तयारीमा लागिएको अध्यक्ष कार्कीले बताए । नेपाल महोत्सव हुने भएपछि यहाँका सरकारी निकायसमेत उत्साही भएका छन् । उनीहरुले महोत्सव सफल पार्न सबै खाले सहयोग गर्ने आश्वासनसमेत दिएका कार्कीले बताए । महोत्सवले नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुरयाउने अपेक्षा छ ।
महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका १२ स्टल रहने संघले जनाएको छ । त्यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने समेत अध्यक्ष कार्कीले जानकारी दिए ।
महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढेको छ । ‘पोस्टर, पम्प्लेट, भिडियो क्लिप, गीत, फेसबुक प्रोफाइल फ्रेम, सोसियल मिडिया र अहिलेको आधुनिक प्रविधिलाई भरपुर प्रयोग गरिरहेका छौं, अझै यसलाई व्यापक र तीब्र बनाइनेछ’- संघका प्रवक्ता प्रभात पौडेलले भने ।
स्थानीय नेपाली मिडियाले पनि प्रचार प्रसारमा ठूलो सहयोग पुरयाइरहेको पौडेलले जनाए । ‘अब हामी यसलाई पोर्तुगिस मिडियामा पनि लैजाने तयारीमा छौं’- पौडेलले योजना सुनाए ।
एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने तथा नेपाली वेषभूषासहितको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम छ । यस्तै महोत्सवमा पोर्चुगलमा रहेका ख्यातिप्राप्त नेपाली राष्ट्रिय कलाकारको विशेष सांस्कृतिक प्रस्तुति समेत रहने बताइएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी