ब्रसेल्स, बेल्जियम, १३ चैत – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोल्टेनवर्गले रुसका पूर्व कूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उहाँकी छोरी युलिआको हत्या प्रयासमा रूस नै दोषी रहेको आरोप लगाउँदै यसबारे मङ्गलबार उपयुक्त कदमसहित अघि बढ्ने बताउनुभएको छ ।
रूसका पूर्व कूटनीतिज्ञलाई हत्या गर्ने षड्यन्त्र अनुसार उहाँ बेलायतमा रहेका समय रूसमा बन्ने नोभिचोक नामक बिषादी नसाबाट दिइएको यूरोपेली मुलुक तथा अमेरिकाको आशङ्का छ ।
स्क्रिपाल तथा उहाँकी छोरीमाथिको आक्रमणबाट निम्तिएको समस्या र यस बिषयमा इयूका अधिकांश सदस्यसहित अमेरिकाले लिएको कदमपछि नेटोले पनि आफ्नोतर्फबाट थप निर्णयहरूको घोषणा गर्ने स्टोल्टेनवर्गद्वारा हस्ताक्षरित संक्षिप्त विज्ञप्तिमा जनाइएको छ ।
यसै बिषयमा विश्वका करिब २४ राष्ट्रले करिब १०० जना रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन् । यो दोस्रो विश्वयुद्धपछि यूरोप तथा अमेरिकासहितका मुलुकले रूसविरुद्ध लिएको पहिलो कडा प्रतिक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी