काठमाडौँ-विश्व क्रिकेटको सबैभन्दा ठूलो एवं व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मंगलबार भारत जाने भएका छन् ।
दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर सन्दीप नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुन् ।
उनलाई गत माघमा बैग्लोरमा भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो ।
भारत जानुअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले आइपिएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुशी लागेको बताउंदै प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरका रुपमा लिएको बताए ।
क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागु गरिने जानकारी दिए ।
आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा