काठमाडौं- नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले आइतबार निर्माणाधिन मुल्पानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।
निरीक्षणका अवसरमा मन्त्री विश्वकर्माले जग्गा सम्बन्धी समस्याले अवरुद्ध भएको निर्माण कार्य चाँडै सुरु हुने बताउदै जग्गा सम्बन्धी समस्या १ महिनाभित्र हल गर्ने बताए ।
उनले सो कार्यका लागि अहिले विनियोजन भएको १० करोडबाट अवरुद्ध भएको निर्माण कार्य सुचारु गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाए ।
निरीक्षणका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाललगायतले मन्त्री विश्वकर्मालाई मैदान र निर्माण कार्यलगायतका बारेमा जानकारी गराएका थिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?