लन्डन । भूपू गोर्खाहरुका माग सम्वोधन गर्ने अभिप्रायले गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्राविधिक समितिले भोलि बिहीबार २२ मार्च मध्यान्ह साढे १२ बजे बेलायती रक्षा मन्त्रालय (एमओडी) मा बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा प्रतिवेदन बुझाउने भएको हो ।
बेलायती मन्त्री मार्क ल्यानकास्टर र लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी समक्ष रक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।
कमिटीका सह-अध्यक्ष डामियन प्याटरसनले राजदूत डा. सुवेदी र लन्डनस्थित दूतावासका उपनियोग प्रमुख शरदराज आरणले मन्त्री ल्यानकास्टरलाई प्रतिवेदन बुझाउने छन् । प्रतिवेदनबारे राजदूत र बेलायती मन्त्रीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम समेत रहेको गेसो सभापति कृष्णकुमार राईले बताए ।
Aप्राविधिक समितिले पांचौं चरणको वार्तापछि प्रतिवेदनलाई गत साता अन्तिम रुप दिएको थियो । भूपू गोर्खाहरुले समान पेन्सन, आफ्ना सन्तानलाई बेलायतको आवासीय अधिकार, क्षतिपूर्ति लगायत माग राख्दै आएका छन् ।
प्रतिवेदनले उल्लेखित माग सम्वोधन गरेको भन्दै गेसो सभापति राईले नतिजा सकारात्मक आउनेमा आशावादी रहेको उल्लेख गरे ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित