काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम संविधानलाई अध्यावधिक गरेर पनि निर्धारित समयभित्र नयाँ संविधान जारी गरिने बताएका छन्। एमाले मुख्यालय बल्खुमा सोमबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माघ ८ मै संविधान जारी गर्नका लागि सो विकल्प खुला रहेको बताएका हुन् । ‘राष्ट्रलाई अहिले गर्ने विषय बाहेक हामी संविधान निर्माणको विषयमा लचिलो भएर प्रस्तुत हुने छौं’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘एक वर्षभित्र संविधान जारी गर्नका लागि अन्तरिम संविधानलाई अपडेट गरेर पनि जान सकिन्छ।’
शान्ति प्रक्रियामा आएको तत्कालिन विद्रोही नेकपा (माओवादी) र सात राजनीतिक दलबीच भएको सहमतिको आधारमा नेपाल अधिराज्यको संविधान २०४७ लाई विस्थापित गर्दै अन्तरिम संविधान २०६३ माघ १ मा अन्तरिम संविधान जारी गरिएको थियो । अन्तरिम संविधान एक दर्जन पटक भन्दा बढी संशोधन गरिएको छ।
बैठकमा ओलीले वर्तमान सरकार विघटन नभै यही सरकारमा अन्य राजनीतिक दललाई सहभागी गराउने प्रयास भैरहेको जानकारी गराएका थिए । ओलीको उद्घाटन मन्तब्यपछि बुधबार दिउँसोसम्मका लागि बैठक स्थगित भएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक