काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम संविधानलाई अध्यावधिक गरेर पनि निर्धारित समयभित्र नयाँ संविधान जारी गरिने बताएका छन्। एमाले मुख्यालय बल्खुमा सोमबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माघ ८ मै संविधान जारी गर्नका लागि सो विकल्प खुला रहेको बताएका हुन् । ‘राष्ट्रलाई अहिले गर्ने विषय बाहेक हामी संविधान निर्माणको विषयमा लचिलो भएर प्रस्तुत हुने छौं’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘एक वर्षभित्र संविधान जारी गर्नका लागि अन्तरिम संविधानलाई अपडेट गरेर पनि जान सकिन्छ।’
शान्ति प्रक्रियामा आएको तत्कालिन विद्रोही नेकपा (माओवादी) र सात राजनीतिक दलबीच भएको सहमतिको आधारमा नेपाल अधिराज्यको संविधान २०४७ लाई विस्थापित गर्दै अन्तरिम संविधान २०६३ माघ १ मा अन्तरिम संविधान जारी गरिएको थियो । अन्तरिम संविधान एक दर्जन पटक भन्दा बढी संशोधन गरिएको छ।
बैठकमा ओलीले वर्तमान सरकार विघटन नभै यही सरकारमा अन्य राजनीतिक दललाई सहभागी गराउने प्रयास भैरहेको जानकारी गराएका थिए । ओलीको उद्घाटन मन्तब्यपछि बुधबार दिउँसोसम्मका लागि बैठक स्थगित भएको छ ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका