काठमाडौं। मकवानपुरको सिस्नेरीमा यात्रुबाहक टाटा सुमो सोमवार दिउसो दुघर्टना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि ५ जना घाइते भएका छन्। मध्यमाञ्चल यातायातद्वारा संचालित टाटा सुमो ११ जना यात्रु बोकेर काठमाडौंबाट हेटौंडातर्फ जाँदै थियो। 
सो दुर्घटना घटनास्थलमा ५ जना र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ओरालो झर्ने क्रममा यात्रुबाहक टाटा सुमो झण्डै पाँच सय फिट तल खस्दा घटनास्थलमा तीन महिलासहित दुई पुरुषको मृत्यु भएको थियो। अर्का एक जना यात्रुको राजधानीको मनमोहन सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सुमो चालक समेत छन्। मृतकहरुको शव पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको छ ।
आइतबार मात्रै सुर्खेतमा भएको यात्रुबहाक बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका छन्।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण