काठमाडौं। मकवानपुरको सिस्नेरीमा यात्रुबाहक टाटा सुमो सोमवार दिउसो दुघर्टना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि ५ जना घाइते भएका छन्। मध्यमाञ्चल यातायातद्वारा संचालित टाटा सुमो ११ जना यात्रु बोकेर काठमाडौंबाट हेटौंडातर्फ जाँदै थियो। 
सो दुर्घटना घटनास्थलमा ५ जना र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ओरालो झर्ने क्रममा यात्रुबाहक टाटा सुमो झण्डै पाँच सय फिट तल खस्दा घटनास्थलमा तीन महिलासहित दुई पुरुषको मृत्यु भएको थियो। अर्का एक जना यात्रुको राजधानीको मनमोहन सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सुमो चालक समेत छन्। मृतकहरुको शव पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको छ ।
आइतबार मात्रै सुर्खेतमा भएको यात्रुबहाक बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक