
लन्डन । एभर ग्रीन ग्रुप (इजीजी) बेजिङस्टोक यूकेले भ्यालेन्टाइन च्यारिटी डिनरबाट संकलित रकम नेपालमा विभिन्न संघसंस्थालाई हस्तान्तरण गरेको छ ।
उक्त समूहले सन् २०१२ बाट नियमित रुपमा गर्दै आएको भ्यालेन्टाइन च्यारिटी डिनर नाइट यसपटक अल्डरसटस्थित निरमाया रोधीघरमा गत १० फेब्रुअरीमा भएको थियो । समूहले सो कार्यक्रमबाट संकलित पांच लाख ७४ हजार दुई सय एक रुपैंया यसपटक नेपालका ६ वटा संस्थालाई प्रदान गरेको हो । चार भन्ज्याङ तमु समाजलाई रु एक लाख, पोखरास्थित काहुं डाडामा निर्माण गर्न लागिएको धर्मकाया बुद्ध मन्डलालाई रु एक लाख, सहारा एकेडेमी पोखरालाई रु ५१ हजार १०१, नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडी बिबेक श्रेष्ठलाई रु ७२ हजार र कोच अशोक खड्कालाई रु २८ हजार गरि कुल एक लाख रुपैयां, न्यूज २४ का पत्रकार रबी लामिछानेले सर्लाहीमा निर्माण गर्न लागेको मुसहर वस्तीका लागि रु एक लाख र राधा पौडेल फाउन्डेशन (सामाजिक अभियन्ता एवं लेखिका) लाई नेपालकै अति विकट जिल्ला कर्णालीको मुगुमा सहयोग पुरयाउन एक लाख तेइस हजार एक सय प्रदान गरिएको इजीजीकी सक्रिय अभियन्ता सुधा गुरुङले जानकारी दिइन् ।
यसका साथै बेजिङस्टोक नेप्लिज कम्युनिटीको बृद्ध आमा बाबा समूहले आफ्नो बेलायती भत्ताबाट केही अंश जोगाएर एक लाख तीस हजार रुपैयां धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको नमुना वस्तीका लागि प्रदान गरेको छ ।
उल्लेखित सम्पूर्ण रकम हाल बिदामा नेपाल गएका बेला इजीजीका सदस्यहरुले भिन्दा भिन्दै समारोहमा सम्बन्धित व्यक्ति र संस्थालाई प्रदान गरेका हुन् ।
विदेशमा बसेपनि मातृभूमिका लागि केही गरौं भन्ने कर्तब्यबोधले अभिप्रेरित भएर बेलायतस्थित बेजिङस्टोक निवासी १० जोडीहरुको समूह एभर ग्रीन ग्रुप (इजीजी) ले सन् २०१२ बाट नियमित रुपमा भ्यालेन्टाइन च्यारिटी डिनर आयोजना गर्दै आएको छ ।
‘भ्यालेन्टाइन डे’ को बहानामा प्राय जोडी महंगो रेस्टुरांमा गएर डिनर खाने प्रचलन बढिरहंदा इजीजीले भने सामूहिक रुपमै यसलाई मनाउने र एक्लै खर्च गर्नुको सट्टा त्यसबाट केही अंश पूण्यको काममा पनि लगाउने हेतुले च्यारिटी गर्दै आएको इजीजीकी सक्रिय सदस्य सुधा गुरुङले बताइन् । उनका अनुसार, हालसम्म सो ग्रुपले नेपालमा भ्यालेन्टाइन च्यारिटी डिनर गरि २५ लाख रुपैयां भन्दा बढि रकम नेपालका विभिन्न संघ संस्थालाई प्रदान गरिसकेको छ ।
उक्त ग्रुपले विगतमा दिलशोभा श्रेष्ठको आमाघर, रक्षा नेपाल, लव प्रसाद बालगृह मुलपानी, बुङमति अपांग सेवा संघ, नेप्लिज तेक्वान्दो एकेडेमी, तमु प्रतिष्ठान नेपाल, सहारा एकेडेमी, तमु बौद्ध अर्घौं सदन पोखरा, एकल महिला संघ पोखरा र सरिता गुरुङ फाउन्डेशनलाई समेत सहयोग गरेको थियो ।
यसपटक भ्यालेन्टाइन च्यारिटी डिनर र आमा बाबा समूहको गरि कुल ७ लाख चार हजार दुई सय एक रुपैयां नेपालस्थित विभिन्न संघ संस्थालाई सो ग्रुपकी मुख्य संयोजक मध्ये एक सुधा गुरुङको अगुवाइमा प्रदान गरिएको हो ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता