काठमाडौं -युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनबाट प्रेरित नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । जिम्बाबेको हरारे मैदानमा बिहीबार भएको आइसीसी एकदिवसीय छनोटको प्लेअफमा पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १ सय ६२ बल अगावै ४ विकेटको क्षतिमा पूरा गरयो ।
नेपालले टस जितेपछि पिएनजीलाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल बलरहरु हाबी भएपछि पिएनजी २७.२ ओभरमा अलआउट हुँदै १ सय १४ रन जोड्यो । जसलाई जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ आभेरमा २ विकेट गुमाउँदै पूरा गरयो । २३ आभेरको अन्तिम बलमा ६ रन आवश्यक रहेको अवस्थामा दीपेन्द्रले विजयी छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । नटआउट अर्धशतक प्रहार गरेको दीपेन्द्रले ५८ बलको सामना गर्दै ३ छक्का र १ चौका प्रहार गरे ।
उनले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गरेका थिए । जसले नेपाललाई विजयी लक्ष्य पछ्याउन सहज बाटो बनायो । आरिफ शेखले २६ रन जोडे । ४२ बलको सामना गरेका उनले १ चौका प्रहार गरे ।
कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै १८ बलमा २० रन जोडे । उनले २ चौका र एक छक्का प्रहार गरेका थिए । आज पनि नेपालको ओपनिङ भने राम्रो रहन सकेन । ज्ञानेन्द्र मल्ल १ तथा आकाश साह ९ रन पवेलियन फर्के । नटआउट रहेका रोहितकुमार पौडेलले ३ रन बनाए ।
जिम्बाबेका नोरमन भनुवाले २ विकेट लिए भने एली नाव र जोन रेभाको नाममा एक एक विकेट रहयो ।
यसअघि पहिले ब्याटिङ गरेको पिएनजीका कुनै पनि ब्याटसम्यानले राम्रो स्कोर बनाउन सकेनन् । उसका लागि चाल्र्स अमिनीले १९, जे सन किलाले १५ रन जोडे । यस्तै, सेसे बाउले ११ तथा टोनी उराले ११ रन जोडे भने किपलिप डोरिगा, असद भाला, चाड सोपरले १०-१० रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोडन सकेनन् ।
पिएनजीको ब्याटिङ लाइनअप धरासायी पार्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ४-४ विकेट लिए । यस्तै, सोमपाल कामी र करण केसीले १-१ विकेट बाँडे ।
पिएनजीमाथिको जितसँगै नेपाल आइसीसीको एकदिवसीय मान्यताको नजिक पुगेको छ । अब नेदरल्याण्डस र हङकङबीच जारी रहेको खेलमा नेदरल्याण्ड विजयी भए नेपालले अर्को खेल नखेल्दै एकदिवसीय मान्यता पाउने छ ।
यदि हङकङ विजयी भएमा नेपाल र हङकङबीच हुने अर्को खेलमा विजयी हुने टोलीले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा