
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथपछि उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिनुहुँदै । तस्बिर- प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३० फागुन – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै मुलुक नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको वर्तमान अवस्थामा नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने अठोट व्यक्त गर्नुभयो ।
विश्वका सबै राष्ट्रसँग आपसी सद्भाव, पारस्परिक लाभ र सम्मानका आधारमा घनिष्ट मैत्री सम्बन्ध बढाउँदै जाने नेपालको परराष्ट्र नीतिको मूलभूत लक्ष्यअनुरुप सम्बद्ध सबै पक्षबाट प्राप्त सहयोगको पनि उहाँले सराहना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले २८ महिनाभन्दा बढी अवधिको पहिलो कार्यकालमा आमजनताबाट प्राप्त अगाध स्नेह तथा कार्य सम्पादनमा सरकार, राजनीतिक दल, राष्ट्रसेवक, नागरिक समाज, स्वदेश तथा विदेशमा बस्ने नेपाली समुदाय र आम सञ्चारजगत्बाट प्राप्त स्वतःस्फूर्त सहयोग र सद्भावका लागि धन्यवाद दिनुभयो ।
राष्ट्रपति भण्डारीले आजै राष्ट्रपतिका रुपमा प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयतको शपथ लिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते