
लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ मा अन्तर्राष्ट्रिय मिडिया हाउसको एकैपटक ५० करोड लगानी थपिएको छ । एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर) ले सगुनमा ५ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने घोषणा गरेको सगुनले जनाएको छ ।
उक्त मिडिया कम्पनीले भारतको सबैभन्दा पुरानो एवं चर्चित अंग्रेजी पत्रिका ‘हिन्दूस्तान टाइम्स्’ र ‘मिन्ट’, हिन्दी भाषाको ‘हिन्दूस्तान’ सहित कयौं एफएम रेडियो सञ्चालन गरिरहेको छ । एचटी ओभरसिजले सगुनमा लगानी गरेसंगै अब आफ्ना चर्चित मिडियामार्फत सगुनको विश्वव्यापी प्रवर्धनसमेत गर्नेछ । यसका लागि उसले हिन्दूस्तान टाइम्स र यसको मातहतमा सञ्चालित सञ्चारमाध्यमलाई उपयोग गर्ने सम्झौता भएको छ ।
एचटी सिंगापुरसंगको यो सम्झौतापछि सगुनको पहुंच भारतसहित दक्षिण एसियाका ४६० मिलियन इन्टरनेट प्रयोगकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ । सम्झौताबारे जानकारी दिंदै सगुनले आफ्नो ‘सोसियल स्मार्ट कार्ड’ को विकासलाई निरन्तरता दिइरहेको जनाएको छ । उक्त स्मार्ट कार्ड सन् २०१८ को अन्त्यसम्म प्रयोगकर्तालाई उपलब्ध गराउने अठोट सगुनले गरेको छ ।
सगुनका प्रयोगकर्ताले स्मार्ट कार्डमार्फत किनमेल, कुपन र उपहार किन्दा पैसा कमाउन समेत सक्नेछन् ।
गत जनवरीमा एन्ड्रोयड मोवाइल एप ल्याइसकेको सगुनले छिट्टै ‘आइओएस एप’ समेत विकास गर्ने जनाएको छ । सगुनको एन्ड्रोयड मोवाइल एप ५ लाख ८० हजार जनाले डाउनलोड गरिसकेका बताइएको छ । स्मार्ट कार्ड र आइओएस एपले सामाजिक सञ्जालको क्षेत्रमा नयां क्रान्ति ल्याउने सगुनको दावी छ ।
सगुनका संस्थापक तथा प्रमुख कार्यकारी गोविन्द गिरीले यो सम्झौताले आफूहरु निकै उत्साहित भएको बताए । ‘सम्झौताले हामीलाई ठूलो संख्यामा भारतीय प्रयोगकर्तासंग जोड्नेछ, जो संसारमै दोस्रो ठूलो इन्टरनेट बजार हो’- उनले भने ।
अहिले सगुनका १६ लाख प्रयोगकर्ता छन् भने यसले २ अर्ब ८० करोड सामाजिक सञ्जाल प्रयोगकर्तालाई उत्कृष्ट सामाजिक सञ्जालको रुपमा सेवा दिने लक्ष्य लिएको छ ।
‘हाम्रो लगानीले सामाजिक सञ्जालको क्षेत्रमा सगुन कतिसम्म उत्कृष्ट छ भन्ने प्रस्ट पार्छ’- हिन्दूस्तान टाइम्सका इक्विटी टिमका प्रमुख अतिभ चड्डाले भने- ‘अब प्रयोगकर्ताले सगुनबाट झन् उत्कृष्ट सामाजिक सञ्जालको अनुभव प्राप्त गर्नेछन् । हामी यो सहकार्यबाट निकै उत्साहित छौं ।’
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी