
लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ मा अन्तर्राष्ट्रिय मिडिया हाउसको एकैपटक ५० करोड लगानी थपिएको छ । एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर) ले सगुनमा ५ मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने घोषणा गरेको सगुनले जनाएको छ ।
उक्त मिडिया कम्पनीले भारतको सबैभन्दा पुरानो एवं चर्चित अंग्रेजी पत्रिका ‘हिन्दूस्तान टाइम्स्’ र ‘मिन्ट’, हिन्दी भाषाको ‘हिन्दूस्तान’ सहित कयौं एफएम रेडियो सञ्चालन गरिरहेको छ । एचटी ओभरसिजले सगुनमा लगानी गरेसंगै अब आफ्ना चर्चित मिडियामार्फत सगुनको विश्वव्यापी प्रवर्धनसमेत गर्नेछ । यसका लागि उसले हिन्दूस्तान टाइम्स र यसको मातहतमा सञ्चालित सञ्चारमाध्यमलाई उपयोग गर्ने सम्झौता भएको छ ।
एचटी सिंगापुरसंगको यो सम्झौतापछि सगुनको पहुंच भारतसहित दक्षिण एसियाका ४६० मिलियन इन्टरनेट प्रयोगकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ । सम्झौताबारे जानकारी दिंदै सगुनले आफ्नो ‘सोसियल स्मार्ट कार्ड’ को विकासलाई निरन्तरता दिइरहेको जनाएको छ । उक्त स्मार्ट कार्ड सन् २०१८ को अन्त्यसम्म प्रयोगकर्तालाई उपलब्ध गराउने अठोट सगुनले गरेको छ ।
सगुनका प्रयोगकर्ताले स्मार्ट कार्डमार्फत किनमेल, कुपन र उपहार किन्दा पैसा कमाउन समेत सक्नेछन् ।
गत जनवरीमा एन्ड्रोयड मोवाइल एप ल्याइसकेको सगुनले छिट्टै ‘आइओएस एप’ समेत विकास गर्ने जनाएको छ । सगुनको एन्ड्रोयड मोवाइल एप ५ लाख ८० हजार जनाले डाउनलोड गरिसकेका बताइएको छ । स्मार्ट कार्ड र आइओएस एपले सामाजिक सञ्जालको क्षेत्रमा नयां क्रान्ति ल्याउने सगुनको दावी छ ।
सगुनका संस्थापक तथा प्रमुख कार्यकारी गोविन्द गिरीले यो सम्झौताले आफूहरु निकै उत्साहित भएको बताए । ‘सम्झौताले हामीलाई ठूलो संख्यामा भारतीय प्रयोगकर्तासंग जोड्नेछ, जो संसारमै दोस्रो ठूलो इन्टरनेट बजार हो’- उनले भने ।
अहिले सगुनका १६ लाख प्रयोगकर्ता छन् भने यसले २ अर्ब ८० करोड सामाजिक सञ्जाल प्रयोगकर्तालाई उत्कृष्ट सामाजिक सञ्जालको रुपमा सेवा दिने लक्ष्य लिएको छ ।
‘हाम्रो लगानीले सामाजिक सञ्जालको क्षेत्रमा सगुन कतिसम्म उत्कृष्ट छ भन्ने प्रस्ट पार्छ’- हिन्दूस्तान टाइम्सका इक्विटी टिमका प्रमुख अतिभ चड्डाले भने- ‘अब प्रयोगकर्ताले सगुनबाट झन् उत्कृष्ट सामाजिक सञ्जालको अनुभव प्राप्त गर्नेछन् । हामी यो सहकार्यबाट निकै उत्साहित छौं ।’
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती