वासिङटन, संयुक्त राज्य अमेरिका, २९ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उहाँको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत जानकारी गराउनुभएको छ ।
“विदेशमन्त्रीका रूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद”- ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ ।
अमेरिकी इतिहासमा नै सिआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँ अमेरिकी इतिहासमा सिआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनुहुने भएको छ ।
“टिलर्सनको उत्तराधिकारीका रूपमा सिआइएका निर्देशक माइक पोम्पेओ छिट्टै अमेरिकी विदेशमन्त्री बन्नुहुनेछ”- ट्रम्पले बताउनुभयो ।
टिलसरसनसँग काम गर्ने सिलसिलामा वैचारिक भिन्नता देखिएकोले उहाँलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग बताउनुभयो ।
ट्रम्पले भन्नुभयो, “इरान आणविक सम्झौता मेरो विचारमा सकारात्मक छैन तर टिलरसनले यसलाई ठीक भन्नुहुन्छ । कि सम्झौता भङ्ग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो । तर उहाँले केही फरक सोच्नुभयो । त्यसैले हामीले सहकार्य गर्न सकेनौ ।”
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी