कोलम्बो, २४ फागुन – श्रीलङ्काको कान्डी शहरमा केही दिनयता जारी आन्दोलनका क्रममा भएको झडपमा प्रहरीले ८१ जनालाई पक्राउ गरेको छ ।
मानवीय क्षति हुने गरी भएको प्रदर्शनका मुख्य सदिग्ध व्यक्तिहरूसमेत गरी ८१ जनालाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बिहीबार जनाएका छन् ।
पक्राउ परेकामध्ये ७१ जनालाई हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ भने अरू चार जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ ।
त्यसैगरी पक्राउ गरिएका छ जनालाई भने सामाजिक सञ्जालमार्फत् आन्दोलन चर्काउन र हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेको अधिकारीहरूले जनाएका छन् ।
स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको र आवश्यकता तथा अवस्था हेरेर कर्फ्युबारे निर्णय लिइने प्रहरी अधिकारीहरूले बताएका छन् ।
कानून कार्यान्वयनका लागि भन्दै लागू गरिएको कर्फ्यु प्रहरीले कम्तीमा शुक्रबार बिहानसम्म कायम रहने जनाएको छ ।
केही दिनदेखि भइरहेको हिंसात्मक आन्दोलनका क्रममा घर, पसल, मन्दिर, मस्जिद आदि संरचनामा ठूलो क्षति पुगेको छ ।
आन्दोलन चर्किदै र हिंस्रक बन्दै गएपछि राष्ट्रपति मैत्रीपाला शिरीसेनाले बुधबार एक हप्ता लामो सङ्कटकाल घोषणा गर्नुभएको छ ।
प्रदेशभरी घोषणा गरिएको सङ्कटकाल सन् २००९ नौ पछि पहिलो पटक भएको समाचारमा जनाइएको छ ।
बौद्ध धर्मावलम्बी र मुसलमान समुदायबीच भएको विवादका कारण केही दिन यतादेखि यो झडप जारी रहेको छ ।
विवादका क्रममा एक बौद्ध धर्मावलम्बी युवक कुटिएका र उनको उपचारका क्रममा मृत्यु भएपछि यी दुई समूहबीच केहीदिन अगाडिदेखि नै झडप शुरु भएको थियो ।
गत मङ्गलबार कान्डी शहरमा रहेको एक घरमा भएको आगजनीमा एक मुसलमान युवकको मृत्यु भएपछि यो हिंसाले झन उग्ररूप लिएको थियो । त्यस पछाडि राष्ट्रपति शिरीसेनाले राष्ट्रव्यापी सङ्कटकाल घोषणा गर्नुभएको थियो ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता