लन्डन । एकजना वयोवृद्ध भूतपूर्व गोर्खा सैनिकलाई मारेकोमा दोषी पाइएकी एक महिलालाई ब्रिटेनको अदालतले जेल सजाय सुनाएको छ । सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीले तामाङलाई बिहीबार आठ वर्षको जेल सजाय सुनाएको हो ।
अल्डरसट निवासी ५१ वर्षीया सुनमाया तामाङले गत वर्ष एउटा मफलर प्रयोग गरेर ७५ वर्षीय मान लिम्बुको हत्या गरेको प्रहरीले जनाएको थियो ।
तामाङले त्यसपछि लिम्बुको घरमा गएर उनकी श्रीमतीलाई धम्क्याउनुकासाथै उनको गाला टोकीदिएकी थिइन् ।
हयाम्पसायर प्रहरीका अनुसार, लिम्बुलाई तामाङका सन्तानले गत मार्च १०, २०१७ मा भिक्टोरिया रोडस्थित फल्याटमा अपरान्ह करिब साढे ५ बजे अचेत अवस्थामा भेटेका थिए । प्रहरी र एम्बुलेन्स कर्मचारी घट्नास्थल पुग्दा वृद्ध मृत घोषित गरिए ।
‘जब ति वृद्ध भुईंमा ढले, सुनमायाले उनलाई घिसार्दै भान्सामा लगिन् र टाउको मुनी प्लास्टिक झोला राखिदिइन् जसले गर्दा रगत बगेर कार्पेटमा जान रोकिन्थ्यो’, ओल्ड बेलीले भनेको छ ।
त्यसपछि सुनमाया खुकुरी बोकेर लिम्बुको घर गएकी थिइन् । घर गएर उनले लिम्बुकी ४८ वर्षीया पत्नि गायत्रीदेवीसंग झगडा गरि टोकेर मारिदिने धम्की दिइ गाला टोकेकी थिइन् ।
गत वर्ष नोभेम्बरमा विनचेस्टर क्राउन कोर्टमा सुनुवाइपछि अदालतले सुनमायालाई अपराधमा दोषी ठहराएपनि लिम्बुको नियतवश हत्या नगरेको ठहर गरेको थियो ।
अभियोजन पक्षका स्टेफेन हार्भेले भनेका छन्, ‘तामाङले किन अपराध गरिन् कहिल्यै नखुल्न सक्छ तर उनले गरेको चाहिं निसन्देह हो ।’
सुनमाया तामाङका छोराछोरीले आफूहरुले मान लिम्बुको शव आफ्नै घरको भान्साकोठामा भेट्टाएको बताएका थिए ।
तामाङले एउटा कागजमा नेपाली भाषामा ‘यो मानिस मेरो घरमा आयो, उसले ढोका ढकढक गरयो र मलाई हमला गरयो । त्यसपछि मैले पनि त्यसको जवाफ दिएँ । यसमा मेरा छोराछोरीको कुनै दोष छैन’ लेखेर छाडेकी थिइन् ।
प्रहरीले यस घट्नालाई ‘अपरेसन डोभ’ का रुपमा अनुसन्धान बढाएको थियो ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ