काठमाडौं–आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह बीको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । बिहीबार जिम्बाबेको बुलावायो मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४७.४ ओभरमा अलआउट हुँदै १ सय ४९ रन जोड्यो । यसअघि पहिलो खेलमा नेपाल जिम्बाबेसँग १ सय १६ रनले पराजित भएको थियो ।
१ सय ५० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ५१ बल बाँकी छदैं ६ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरयो । स्कटल्याण्डको विजयमा कप्तान केल कोटइजरले ८८ रनको विजयी पारी खेले । १ सय ३६ बल खेलेका उनले ३ छक्का र ७ चौका प्रहार गरे । उसका अन्य ब्याटसम्यानहरुले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
कोइटजरले एकतर्फबाट प्रदर्शन गर्दै टिमलाई विजय दिलाएका थिए । नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले २-२ विकेट लिए । यस्तै, ललित राजबंशी र दीपेन्द्र सिंह ऐरीका नाममा १-१ विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालमा प्रदर्शन राम्रो रहन सकेन । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन जोडेका थिए । ७५ बल खेलेका पारसले १० चौका प्रहार गरेका थिए ।
एकतिरबाट निरन्तर विकेट झरिरहेको अवस्थामा पारसले ११६ मिनेछट क्रिजमा बिताएका थिए । बसन्त रेग्मीले नटआउट २४ र सोमपाल कामी १८ तथा रोहित पौडेलले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ स्कटल्याण्डका स्टुवार्ड बिटिङ्घमले ३ विकेट लिए । यस्तै, साफयान सरिफका नाममा २ विकेट रह्यो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने