
अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीमा राखिएका विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुरयाइएका करीव ८०० वर्ष पुरानो मूर्ति । उक्त मूर्ति संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । तस्वीर – मधुकर अधिकारी, वासिङटन डिसी, रासस
वासिङ्टन डिसी, २२ फागुन – विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुरयाइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभएको छ ।
सन् १९८० का दशकमा नेपालबाट मूर्ति चोरी भएर विभिन्न बाटो हुँदै अमेरिका पुगेको थियो । चोरी भएका मूर्तिमा पाटनमा रहेको उमामहेश्वर र बुद्धको मूर्ति छन् । ती दुवै मूर्ति नेपाली प्रस्तरकलामा आधारित बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ । संग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले संग्रहालयमा अवैधानिक तरीकाले प्राप्त मूर्ति नरहून् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको बताउनुभयो । महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा संग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरीकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहन गर्ने बताउनुभयो ।
ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिल (चैत/वैशाख) भित्र नेपाल पठाइसकिने योजनामा न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले गृहकार्य गरेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी