काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले जनवरीमा हुने डिभिजन टु क्रिकेट अघि अभ्यास खेल्न खेलाडीलाई दक्षिण अफ्रिका पठाउने भएको छ। खेलाडीले १० दिन दक्षिण अफ्रिकामा रहेर अभ्यास खेल खेल्ने छन् ।
जनवरी १७ देखि २५ सम्म दक्षिण अफ्रिकाको छिमेकी देश नामिवियामा डिभिजन टु प्रतियोगिता चल्ने छ ।
दक्षिण अफ्रिका जस्तै मौसम र तीव्र गतिको बलरका लागि सहयोगी हुने पिच नामिवियामा छ।
प्रतियोगितामा केन्या, नामिविया, नेदरल्यान्ड, क्यानडा, नेपाल र युगान्डाको सहभागिता हुनेछ । राउन्ड रोबिनपछि उपाधिका लागि प्ले अफ खेल हुनेछ ।
क्यानले प्रतियोगितामा नेपाली टोलीको व्यवस्थापनका लागि दिवाकर घले, पूर्व कप्तान विनोद दासलाई सहायक कोच, रमण सिवाकोटीलाई प्राविधिक सहयोगी र दिनेश भट्टलाई फिजियोथेरापिष्ट नियुक्त गरेको छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने