लण्डन । युकेबासी मगरहरुले मगर संघ युकेको आयोजनामा रेडिङमा एक कार्यक्रम गरी मगर एकता दिवस मनाएका छन् ।
मगर संघ युकेका अध्यक्ष नेम थापामगरको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली दूताबासका द्वितीय सचिव लव सुवेदी रहेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक अनिता रानाले स्वागत मन्तब्य दिएकी थिइन् भने सल्लाहकार रमेशसिंह सराङकोटीले मगर दिवस र मगरहरुको वर्तमान अवस्थाका बारेमा जानकारी दिएका थिए । महासचिव लालबहादुर पुनले संचालन गरेको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र दूताबासका द्वितीय सचिव सुवेदीले शुभकामना दिएका थिए ।
कार्यक्रममा भर्खरै बेलायती सेनाको लेफ्टिनेण्ट कर्णेल पदमा पदोन्नति भएका टोल खाम्चा, गिनिस बुक रेकर्ड होल्डर निर्मल पुर्जा र कमिसनमा पर्न सफल अन्य मगर अधिकृतहरुलाई सम्मान गरिएको थियो । यसैगरी, विभिन्न विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर गरेका मगर छात्रछात्रालाई पनि अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा संघका विभिन्न शाखाहरुले झाँकी प्रदर्शन गरेका थिए भने विभिन्न शाखाबाट आएका युवा टोलीले ‘मगर गट ट्यालेण्ट’ अन्तर्गत प्रतिभा प्रदर्शन गरे । मगर संघका युथ सेक्रेटरी दीप रानाको संयोजनमा भएको ‘मगर गट ट्यालेण्ट’ विधामा मिफुरुङ वेम्ब्लीले प्रथम स्थान हासिल गरी पाँचसय पाउण्ड पुरस्कार जित्यो भने प्लमस्टिड शाखाकी संगीता थापामगर फस्ट रनर अप भई ३०० पाउण्ड नगद पुरस्कार जितिन् । सेकेण्ड रनरअप निर्मल थापामगरले १५० नगद पुरस्कार जिते ।
गत वर्षदेखि मगर युथ समूहले ‘मगर गट ट्यालेण्ट’ प्रतिस्पर्धा गर्दै आएको छ । यसवर्ष निर्णायकहरुमा सरु राना, दीप राना, पहलसिंह थापा र थिर थापा थिए । विजेता र सहभागीहरुलाई मगर संघ अध्यक्ष नेम थापा र एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा पुनमगर समाजका युकेले पुरख्यौली नाच, मगर संघ स्वीण्डन शाखाले सोरठी, वेम्ब्ली शाखाले कौडा नाच र हुर्रा नाच, खामभाषी मगर समाज युकेले भूम्या र पैसरी नाच, गीता र बबिता पाइजाले थाली नाच देखाएका थिए । कार्यक्रममा लाइभ कौरा, ठाडो भाका पनि गाइएको थियो ।
कलाकारहरु कल्पना पुन गुरुङ, थिर थापा, मनसुधन थापा, भीम आले लगायतले गीत प्रस्तुत गरेका थिए । झाँकी, साँस्कृतिक कार्यक्रम र ‘मगर गट ट्यालेण्ट’ सोको कार्यक्रम सचिव रुद्र थापा, साँस्कृतिक सचिव तुलचन्द्र तिलिजा, यमुना आले, याम थापाले गरेका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित