जेनेभा, १४ फागुन – संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो । ‘उनीहरूले सुरक्षा परिषद्को शान्ति प्रस्ताव प्रभावकारी रूपले कार्यान्वयन गरे मात्रै यसको अर्थ हुन्छ’- गुथ्रेसले वक्तव्यमा भन्नुभएको छ ।
राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३७ औ बैठकको उद्घाटन समारोहमा महासचिव गुथ्रेसले भन्नुभयो, ‘पृथ्वीमा यो नरक जस्तो बनाउने कार्य अहिले तत्काल रोक्नु अत्यावश्यक छ, गुटाले यसका लागि थप प्रतिक्षा गर्न सक्दैन ।’
‘त्यो शान्ति प्रस्ताव तत्काल कार्यान्वयन हुन्छ भन्ने मैले अपेक्षा गरेको छु, प्रभावित क्षेत्रमा मानवीय सहायता अत्यावश्यक छ, विरामी र घाइतेहरुलाई उद्धार गरी सहयोग गर्नु पर्दछ’- उहाँले थप्नुभयो ।
उहाँले मानवीयता, मानवअधिकारसम्बन्धी कानून र आम नागरिकको रक्षा गर्न र आफ्नो प्रतिवद्धता र दायित्व नभुल्न सवै पक्षको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।
प्रस्ताव २४०१ लाई राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत शनिबार सर्वसम्मत रूपमा पारित गरेको थियो ।
झण्डै दुई हप्तासम्मको वार्ता प्रयासपछि परिषद्ले तीस दिने युद्धविराम गर्न आग्रह सहितको प्रस्ताव पारित गरेको हो । मुख्य गरेर सिरियाको गुटामा अहिले हिंसाका घटना धेरै भएका छन् ।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती