
बर्लिन, जर्मनी, १३ फागुन – जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् ।
जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई तत्काल रोक्न दवाव दिन आग्रह गरेका जर्मन चान्सलर मर्केलको कार्यालयले आइतबार जनाएको छ ।
शक्तिशाली यूरोपेली नेताहरूले फोनवार्तामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा घोषणा गरिएको युद्धविरामलाई कार्यान्वयनमा लान आग्रह गर्नुभएको हो ।
उहाँहरूले सिरियाली सरकारलाई युद्धविरामका लागि अधिकतम दवाव दिई हवाई तथा स्थल आक्रमण गर्नबाट रोक्न रसियाली पहलबारे छलफल गर्नुभएको हो ।
यस अघि म्याक्रोँ र मर्केलले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणलाई रोक्न पत्र लेखी औपचारिक आह्वान गर्नुभएको फ्रान्सको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी शुक्रबार जनाएको थियो ।
यूरोपियन यूनियन (इयू) सम्मेलनमा सहभागी हुने सिलसिलामा ब्रसेल्स पुग्नुभएका यूरोपेली शक्तिशाली दुई नेताले रसियालाई पत्राचार गर्नुभएको हो ।
जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएका भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका थिए ।
रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असद सरकार नेतृत्वको सेनाले विगत केही समय यता गुटा क्षेत्रमा कारबाही चलाउदा सयौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको छ । उक्त क्षेत्र सिरियाली विद्रोहीको आधार क्षेत्र मानिन्छ । बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार विगत केही दिनमा सरकारी सेनाले चलाएको हवाई कारबाहीमा कम्तिमा ७०० सिरियाली नागरिकको मृत्यु भएको जनाएको छ । सयौं संख्यामा निर्दोष बालबालिका मारिएका छन् ।
सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।
द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी