ब्रसेल्स, बेल्जियम, १० फागुन – जर्मनी र फ्रान्सले सिरियाली शहर गुटामा पछिल्लो समय सिरियाली सेनाको हवाई तथा स्थल कारबाहीलाई रोक्न आग्रह गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र जर्मन चान्सलर एन्गेला मर्केलले शुक्रबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न पत्र लेखी आह्वान गर्नुभएको फ्रान्सको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
यूरोपियन यूनियन (इयू) सम्मेलनमा सहभागी हुने सिलसिलामा ब्रसेल्स पुग्नुभएका यूरोपेली शक्तिशाली दुई नेताले रसियालाई पत्राचार गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएको भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका बताइएको छ ।
उहाँहरूले रसियालाई सिरियाबारेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव तयार पार्न सहयोग गर्न पनि आह्वान गरेको बुझिएको छ ।
रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असद सरकार नेतृत्वको सेनाले विगत केही समय यता गुटा क्षेत्रमा कारबाही चलाउदा सयौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको छ । उक्त क्षेत्र सिरियाली विद्रोहीको आधार क्षेत्र मानिन्छ ।
सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ ।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती