लन्डन । सहारा यूके पदाधिकारी नेपालमा करिब तीन साता विभिन्न सामाजिक गतिविधिमा संलग्न भएर बेलायत फर्किएका छन् ।
आफ्नो सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन देखि १६ औं आहा रारा गोल्ड कपमा सहभागिता एवं सहयोग गरेर टिम बेलायत फर्किएको हो । सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) को नेतृत्वमा नेपाल गएको टोलीमा करिब ५० जना सहभागी थिए ।
सहारा यूके प्रतिनिधिमण्डल सिन्धुपाल्चोकस्थित हैबुङ महादेवस्थान माध्यमिक विद्यालय र कास्कीको सिदिङस्थित सरस्वती प्राथमिक विद्यालय पुनर्निमाणपछि आयोजित हस्तान्तरण समारोहमा सहभागी भएको थियो ।
पोखरामा हुने आहा रारा गोल्ड कपमा प्रत्येक वर्ष सहारा यूके प्रतिनिधिमण्डल सहभागी हुने गरेको छ । यसपटक खेलाडी नभएपनि अफिसियलको सहभागिता रहयो । सहारा यूकेले खेल अवधिभर प्रत्येक दिन प्रदान गरिने म्यान अफ दि म्याच ट्रफी, नगद पांच हजार रुपैयां र फाइनलमा विजेता तथा उपविजेता टिमलाई मेडल प्रदान गर्दै आएकामा त्यो परम्परा यसपटक पनि कायमै राख्यो । ट्रफी र मेडल व्यवस्थापन सहारा एफसीका कुसान गुरुङले गरेका थिए भने सहारा यूकेको सम्पूर्ण व्यवस्थापन महासचिव कृष्ण गुरुङले गरेका थिए ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ स्थित हैबुङ महादेवस्थान माध्यमिक विद्यालय २०७२ साल बैशाख १२ को महाभूकम्पले क्षतिग्रस्त भएपछि सहारा यूकेले ५ कोठा भवन निर्माण गरिदिएको थियो । उक्त नवनिर्मित भवन संरक्षक उद्योगपति अरुण चौधरी र सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) ले भव्य कार्यक्रमबीच उद्घाटन गरे ।
उक्त विद्यालय भवन निर्माणका लागि सहारा यूके, सहारा हङकङ, सहारा अष्ट्रेलिया र अरुण चौधरी फाउण्डेशनले पनि आर्थिक सहयोग गरेका थिए ।
त्यसैगरि, सहारा यूकेको पहलमा कास्कीको सिदिङस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा फर्निचर व्यवस्थापन, पर्खालसाथै प्रवेशद्वार निर्माणका लागि यूकेबाट बोन इन्ड क्रुकम रोटरी क्लबको सहयोगमा भौतिक पूर्वाधार निर्माण गरि सो को उद्घाटन गरियो, जसमा सहारा यूके प्रतिनिधि सहभागी भए । रोटरी क्लबका अध्यक्ष क्रिस वीब्लीले विद्यालय पूर्वाधारको उद्घाटन गरेका थिए ।
सहारा यूके प्रतिनिधिमण्डलले दोबिल्लास्थित सहारा एकेडेमी भ्रमण गरि त्यहां आश्रित २८ जना अनाथ बालबालिकालाई समेत भेटे । स्मरण रहोस्, उक्त एकेडेमी २ करोड रुपैयांको लगानीमा निर्माण गरिएको हो जसमा ८० लाख रुपैयां सहारा यूकेले सहयोग गरेको थियो । उता, सहारा यूकेले सहारा पोखराको अक्षय कोषका लागि ३६ लाख दिइसकेको छ ।
सहारा यूके प्रतिनिधिमण्डलले पोखरामा कास्की खेलकुद पत्रकार मञ्च, भूपू खेलाडी मञ्च, नेपाल फुटबल संघ कास्की प्रतिनिधिसंग अन्तरक्रिया समेत गरेको थियो । सहारा यूकेले पोखरास्थित होटल व्यवस्थापन कलेजको अवलोकन भ्रमण तथा कांउ डांडा भ्रमण गरि त्यहां निर्माणाधिन बुद्ध मण्डला (बुद्ध मुर्ती) का लागि पनि नगद सहयोग गरेको थियो ।
सहारा यूके पछिल्लो समय खेलकुदसंगै विविध कल्याणकारी काममा समेत सक्रिय भइरहेको छ । सहारा एफसी यूकेले बेलायतमा सन्डे लिग पनि खेलिरहेको छ ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?