याङगुन, ९ फागुन – बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ ।
यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन् ।
मङ्गलबार यी दुई देशका उच्च अधिकारीबीच यस बिषयमा छलफल सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार मङ्गलबार म्यानमारको राखिन राज्यको तुङ पो लेतामा छलफल सुरु भएको हो ।
खासगरी केही शरणार्थीहरु बंगलादेश जानेक्रममा र अरु केही राखिनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा ती शरणार्थीहरु रहेका छन् ।
यस विषयमा थप छलफलका लागि मङ्गलबार बंगलादेशका अधिकारीहरु म्यानमार पुगेका हुन् । यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता भएको म्यानमारको सरकारी समाचार समितिद्वारा प्राप्त समाचारमा जनाइएको छ ।
म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायका लाखौँ नागरिकले देश छोडेर भागेका थिए ।
विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट छ लाख भन्दा बढी नागरिक भागेर बंगलादेश पुगेका थिए । यसरी भागेका शरणार्थीहरु अझै पनि अधिकांश बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् ।
मङ्गलबार सोही राखिन राज्यमा नै यस विषयमा वार्ता भएको छ । उक्त राज्यमा भएको छलफलमा यहाँका उच्च अधिकारीका साथै सीमा क्षेत्रमा रहेका केही सीमा अधिकारीहरुलाई पनि सहभागी गराइएको बताइएको छ ।
तर यी दुई देशबीच शरणार्थी फिर्ताका विषयमा सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । दुई देशको विदेश मन्त्रालयका अधिकारीहरुले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
तर व्यक्तिगत रुपमा केही शरणार्थी आफ्नो देश फर्किएको भए पनि त्यस सहमति बमोजिम भने रोहिङ्ग्याहरुलाई फिर्ता गर्ने काम सुरु गरिएको छैन ।
गएको अगष्ट २५ देखि ती शरणार्थीहरुले देश छोडेका हुन् । उनीहरुलाई स्वदेश फिर्ता गर्नका लागि भन्दै गत अक्टोबर महिनामा एक समिति नै गठन गरिएको र सोही बमोजिम सहमति पनि भएको हो ।
म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसंख्यक रोहिङ्ग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ । विश्व समुदायले नै म्यानमार सरकारको यो कदमको निकै विरोध गरेको छ ।
विश्वभरबाट म्यानमारको शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा दुई महिना अघि नै भएको बैठकले शरणार्थीलाई फर्काउने सहमति भएको थियो ।
रोहिङ्ग्यालाई स्वदेश फर्काइदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने बिषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् । तर यस बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान