लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरिएको छ । एनआरएनए सचिव डी. बी. क्षेत्रीको संयोजकत्वमा समिति बनाइएको हो ।
समितिमा मध्यपूर्वका जोन अर्याल सहसंयोजक र मध्यपूर्वका लागि सदस्यहरुमा यूएइबाट रमेश श्रेष्ठ, इजरायलबाट सुवास सिम्खडा, बहराइनबाट लक्ष्मी गिरी र ओमनबाट गुणहरी अधिकारी छन् ।
त्यसैगरि, युरोपबाट खुशी लिम्बु सहसंयोजक र सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई (पोल्याण्ड), कुबेर कार्की (पोर्चुगल), हेमराज पौडेल (जर्मनी), टिकाराम साप्कोटा (निदरल्याण्डस) छानिएका छन् । अमेरिकाका लागि विनोद भट्ट सहसंयोजक र सदस्यहरुमा अमेरिकाबाट पर्शुराम भण्डारी, कोमल सापकोटा र सुमन वस्ती चुनिएका छन् ।
एसिया प्यासिफिकबाट आस्था मल्ल सहसंयोजक र सदस्यहरुमा मुकेश बरुवाल मकाउ र खगेन्द्र न्यौपाने मलेसिया छन् । अफ्रिका पदम राना सहसंयोजक, सुरज डुम्रे केन्या र विश्वास पौडेल नाइजेरिया छन् । ओसिनियाबाट चोलाकान्त खनाल सहसंयोजक र सदस्यहरुमा विजय फुंयाल, मुरारी लम्साल र सन्जय श्रेष्ठ रहेको संघले जनाएको छ ।
त्यसैगरि, समितिको सल्लाहकारहरुमा रामेश्वर शाह, सोम सापकोटा र रजनी प्रधान छन् भने मिडियामा दामोदर नेपाल, नवराज पोखरेल र सुजन केसी छानिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा