संयुक्त राष्ट्रसंघ, २ फागुन – फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिनुभएको छ ।
सिरियाली सेनाले विपक्षीलाई दबाउने नाममा यस्ता हतियार प्रयोग गर्दै आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला उहाँको यो प्रतिक्रिया आएको हो ।
उहाँले भन्नुभएको छ – ‘यदि कुनै पनि फ्रान्सेली नागरिकमाथि यस्तो हमलाको प्रमाण फेला परयो भने हामी बाँकी राख्दैनौँ, यस्तो खालको आक्रमणको तयारी गर्ने स्थानमा नै हामीले हमला गर्नेछौँ ।’
प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएको भन्ने समाचारको पुष्ट्याईँका लागि फ्रान्सेली गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताइएको थियो । तर सो अनुसन्धानको परिणाम भने आइसकेको छैन ।
सिरियाली सेनाले गएको जनवरी महिनायता आएर मानव स्वास्थ्यका लागि घातक मानिने क्लोरिन ग्यासयुक्त आक्रमण गर्ने गरेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा फ्रान्सेली राष्ट्रपतिको यो टिप्पणी सार्वजनिक भएको हो ।
विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको हामा प्रान्तको एक सहरमा यसै महिनाको सुरूमा रसायन भएको एउटा बम खसालिएको थियो । सोही बमका कारण यहाँका नागरिकमा श्वासप्रश्वासमा समस्या देखिएको समाचार पनि यसअघि नै आएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग