
कोलोम्बो, श्रीलङ्का, २७ माघ – श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोग तथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन् ।
निर्वाचन पर्यवेक्षकका अनुसार निर्वाचनमा ७० प्रतिशत अर्थात् १५ करोड आठ लाख मतदाताले सहभागिता जनाएका थिए ।
निर्वाचनमा राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिङ्गे तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष लगायतका उच्च पदस्थ सरकारी तथा प्रतिपक्षी दलका अधिकारीले मतदान गरेको बताइएको छ ।
प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा निर्वाचनलाई हेरिएको छ ।
निर्वाचनमा ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा सात हजार कर्मचारीको प्रयोग गरिएको थियो । निर्वाचन शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । निर्वाचनका क्रममा कसैको मृत्यु नभएको बताइएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?