
कोलोम्बो, श्रीलङ्का, २७ माघ – श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोग तथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन् ।
निर्वाचन पर्यवेक्षकका अनुसार निर्वाचनमा ७० प्रतिशत अर्थात् १५ करोड आठ लाख मतदाताले सहभागिता जनाएका थिए ।
निर्वाचनमा राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिङ्गे तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष लगायतका उच्च पदस्थ सरकारी तथा प्रतिपक्षी दलका अधिकारीले मतदान गरेको बताइएको छ ।
प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा निर्वाचनलाई हेरिएको छ ।
निर्वाचनमा ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा सात हजार कर्मचारीको प्रयोग गरिएको थियो । निर्वाचन शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । निर्वाचनका क्रममा कसैको मृत्यु नभएको बताइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी