
प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाँचमा आयोजित विशेष समारोहमा ३० मेगावाटको चमेलिया जलविद्युत परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुँदै । समारोहमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापालगायत अतिथिहरु । तस्बिर- धनबहादुर भण्डारी, दार्चुला, रासस
दार्चुला, २७ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल रहेको बताउनुभएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले संविधान कार्यान्वयन गर्ने अभिभारा पूरा गरेको र अगामी दिनमा देशको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रसेका सभापति एवं प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी सङ्घीय गणतान्त्रिक संविधान कार्यान्वयन गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युत्को प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो ।
उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा क्षेत्रबाट नै देशको विकास हुने बताउनुभयो । चमेलिया जलविद्युत् आयोजना ७ नं प्रदेशकै ऊर्जाको ढोका भएकाले अब यस क्षेत्रमा लगानी वृद्धि हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सरकारी स्तरबाट प्रदेश नं ७ मा निर्माण सम्पन्न भएको यो पहिलो जलविद्युत् आयोजना हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको हो ।
निर्माण शुरु भएको झन्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन गरेको हो । जलविद्युत् आयोजनाको निर्माणसँगै स्थानीयमा विकास निर्माणदेखि रोजगारीमा ठूलो फाइदा पुगेको छ । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत समेत बढेको हो । आयोजनाको दुईवटै युनिटबाट १५-१५ गरी ३० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
आयोजनाले दार्चुलाको बलाचबाट कैलालीको अत्तरियासम्म १३१ किलोमिटर लम्बाइको प्रसारण लाइनसमेत निर्माण गरेकाले यहाँको उत्पादन सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लागत पुगेको छ । आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग