प्योङयाङ, २५ माघ – ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ ।
यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूद उद्घाटन हुदैछ । त्यस क्रममा उत्तर कोरियाका उच्च सरकारी अधिकारी पनि त्यहाँ गएका छन् ।
दक्षिण कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया जाने भएको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च राजनीतिज्ञ हुनुहुन्छ ।
उहाँको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने कुराको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको थियो ।
उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रबारदेखि शुरु भई आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकोले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने समाचारहरु आइरहेका छन् ।
उक्त खेलकूदमा उत्तर कोरियाले पनि सहभागिता जनाएका कारण दुई देशको सम्बन्धमा सुधार हुने भएको देखिएको छ । त्यसैकारण पनि यस खेलकूदलाई सम्बन्ध सुधारका रुपमा हेरिएको छ ।
त्यसैले यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना देखिएको थियो । तर, सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– ‘उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ ।’
त्यस्तै उत्तर कोरियाले दक्षिण कोरियाली राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने नगर्ने विषयमा पनि केही बताइएको छैन । यसअघि उत्तर कोरियाले राजनीतिक रुपमा उच्च नेतृत्व पठाएकोले वार्ता हुन पनि सक्ने समाचार आएको थियो ।
यस खेलकूदको शुक्रबार उद्घाटन हुदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् । त्यस्तै निकै लामो समयपछि हालैमात्र उत्तर कोरियाली झण्डा दक्षिण कोरियामा फहराइएको छ ।
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।
उक्त कटुतापूर्ण सम्बन्ध सुधारका रुपमा विकास गर्ने सुविधा पनि दक्षिण र उत्तर कोरियासामु रहेकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा विश्व समुदायले गरेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी