लिस्बोन । पोर्तुगलमा गाडी दुर्घटनामा असामयिक निधन भएकी एकजना नेपाली युवती चेतमाया खुलालको लिस्बोनमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पोर्तुगलका चिरपरिचित पत्रकार तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्यालमाथि दुर्वेबहार भएको छ । आफूलाई पोर्तुगलको एक प्रतिष्ठत सेफ ठान्ने टंक सापकोटाले दुर्वेबहारपूर्ण व्यवहार गरेका हुन् ।
सापकोटाले पत्रकार छन्त्याललाई देख्नासाथ एक्कासी झम्टंदै ‘तिमी पत्रकारहरु जे पायो त्यही लेख्ने, तिमीहरुलाई के लेख्न आउंछ ?’ भन्दै मौखिक रुपमा अपमान र दुर्वेबहार गरेका थिए । उनले ‘आफू पकाउन जान्ने भएकाले लेख्न पनि सिकाउंछु’ भन्ने आसयकासाथ पत्रकारमाथि आक्रोश पोखेका थिए । ‘संयमतापूर्वक व्यवहार गर्दा पनि उनको आक्रोश नथामिए पछि मैले पनि विनम्रतापूर्वक केही जवाफ दिए’- पत्रकार छन्त्यालको प्रतिक्रिया छ ।
विभिन्न अवार्डले सम्मानित सेफको दावी गर्ने टंक सापकोटाले Sim Chef अर्थात ‘हो सेफ’ नामक पुस्तक प्रकाशन गरेका छन् । तर, उनले पुस्तकमा राखेका फोटोहरु भने कानुन सम्मत नभएको देखिएको छ । साना बालबच्चाहरु अर्थात काम गर्ने उमेर नपुगेकालाई काम र श्रममा लगाउन नपाउने वा त्यस्तो प्रकाशित वा प्रसारित गर्न नपाउने युरोपियन मानवअधिकार कानुनमा उल्लेख छ, जुन कुरा उनको पुस्तकले उल्लंघन गरेको कानुनवीद बताउंछन् । ‘यसले कानुनी झमेला समेत निम्त्याउन सक्छ’- एक कानुनवीदले बताए ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी