लिस्बोन । पोर्तुगलमा गाडी दुर्घटनामा असामयिक निधन भएकी एकजना नेपाली युवती चेतमाया खुलालको लिस्बोनमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पोर्तुगलका चिरपरिचित पत्रकार तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्यालमाथि दुर्वेबहार भएको छ । आफूलाई पोर्तुगलको एक प्रतिष्ठत सेफ ठान्ने टंक सापकोटाले दुर्वेबहारपूर्ण व्यवहार गरेका हुन् ।
सापकोटाले पत्रकार छन्त्याललाई देख्नासाथ एक्कासी झम्टंदै ‘तिमी पत्रकारहरु जे पायो त्यही लेख्ने, तिमीहरुलाई के लेख्न आउंछ ?’ भन्दै मौखिक रुपमा अपमान र दुर्वेबहार गरेका थिए । उनले ‘आफू पकाउन जान्ने भएकाले लेख्न पनि सिकाउंछु’ भन्ने आसयकासाथ पत्रकारमाथि आक्रोश पोखेका थिए । ‘संयमतापूर्वक व्यवहार गर्दा पनि उनको आक्रोश नथामिए पछि मैले पनि विनम्रतापूर्वक केही जवाफ दिए’- पत्रकार छन्त्यालको प्रतिक्रिया छ ।
विभिन्न अवार्डले सम्मानित सेफको दावी गर्ने टंक सापकोटाले Sim Chef अर्थात ‘हो सेफ’ नामक पुस्तक प्रकाशन गरेका छन् । तर, उनले पुस्तकमा राखेका फोटोहरु भने कानुन सम्मत नभएको देखिएको छ । साना बालबच्चाहरु अर्थात काम गर्ने उमेर नपुगेकालाई काम र श्रममा लगाउन नपाउने वा त्यस्तो प्रकाशित वा प्रसारित गर्न नपाउने युरोपियन मानवअधिकार कानुनमा उल्लेख छ, जुन कुरा उनको पुस्तकले उल्लंघन गरेको कानुनवीद बताउंछन् । ‘यसले कानुनी झमेला समेत निम्त्याउन सक्छ’- एक कानुनवीदले बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा