प्योङयाङ , उत्तर कोरिया, २१ माघ – उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो ।
गत हप्ता अमेरिकी ‘स्टेट अफ द यूनियन’ मा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले आफ्नो वस्तीको सुरक्षाको अत्यधिक दवावसहित उत्तर कोरियाको आणविक मोह विरोधी अभियान चलाएको बताउनुभएको थियो ।
‘ट्रम्पको अमेरिकी पहिलो भन्ने भावको सम्बोधनबाट विश्वले ‘विनासको नयाँ सङ्केत’ देखेको र आणविक हतियारको आधारमा रहेको ‘असन्तुलित शक्ति’ ले विश्वका अन्य मुलुकहरू अमेरिकी चासोका बिषयमा झुक्नु परेको छ’- उत्तर कोरियाको विदेश मामिला मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए) ले बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पलाई उत्तर कोरियामाथि समर्पण गर्न क्रुरतापूर्वक ‘अत्यधिक दवाव’ दिएको पनि आरोप लगाउनुभएको छ ।
‘यो अन्तर कोरियाली सम्बन्धलाई राम्रो बन्न नदिने लक्ष्यका साथ आएको उदण्डता हो’- उहाँले भन्नुभयो । राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेसँगै दुई मुलुकबीच तनाव चुलिएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा