याङ्गुन, १८ माघ – म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ । उहाँको निवास परिसरमा बाहिरैबाट विस्फोटक पदार्थ पेट्रोल बम हानिएको समाचारमा जनाइएको छ ।
पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।
राज्य परिषदका महानिर्देशक उ जवा हतीले भन्नुभयो– ‘उहाँको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।’
आक्रमणकारीहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।’
विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन । साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही बताइएको छैन ।
पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ ।
विश्वकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उहाँको नै बढी आलोचना भएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]