संयुक्त राष्ट्रसंघ, १७ माघ – सिरियाको सरकारी फौजले यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरु विरुद्ध हवाई आक्रमण थालेपछि पछिल्लो समयमा विस्थापित हुनेको सङ्ख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।
देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेका देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवार अस्थायी पालमा बाँचिरहेका बताइएको छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण दुई लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका बताएको छ ।
ती आक्रमणका कारण मानिस भागेका र उनीहरुको सहायताका लागि स्थानीय निकायले अवरोध पुरयाउँदा सहायता सामग्री पनि द्वन्द्वग्रस्त क्षेत्रमा पुग्न नसकेको राष्ट्रसंघले जनाएको छ ।
ती क्षेत्रका अस्पताल र क्लिनिकमाथि पनि हमला भएको बताइएको छ । यसका कारण पनि नागरिकलाई विस्थापित हुन बाध्य बनाएको छ ।
सिरियाली फौजले कतिपय अवस्थामा रूसी सेनाको सहयोगमा आक्रमण गरेको छ । टर्कीको सेनाले पनि उत्तरी सिरियामा कारबाही थालेपछि त्यसले ठूलो क्षति निम्त्याएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]