संयुक्त राष्ट्रसंघ, १७ माघ – सिरियाको सरकारी फौजले यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरु विरुद्ध हवाई आक्रमण थालेपछि पछिल्लो समयमा विस्थापित हुनेको सङ्ख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।
देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेका देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवार अस्थायी पालमा बाँचिरहेका बताइएको छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण दुई लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका बताएको छ ।
ती आक्रमणका कारण मानिस भागेका र उनीहरुको सहायताका लागि स्थानीय निकायले अवरोध पुरयाउँदा सहायता सामग्री पनि द्वन्द्वग्रस्त क्षेत्रमा पुग्न नसकेको राष्ट्रसंघले जनाएको छ ।
ती क्षेत्रका अस्पताल र क्लिनिकमाथि पनि हमला भएको बताइएको छ । यसका कारण पनि नागरिकलाई विस्थापित हुन बाध्य बनाएको छ ।
सिरियाली फौजले कतिपय अवस्थामा रूसी सेनाको सहयोगमा आक्रमण गरेको छ । टर्कीको सेनाले पनि उत्तरी सिरियामा कारबाही थालेपछि त्यसले ठूलो क्षति निम्त्याएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी