यूरोप, अमेरिका, जापान, अष्ट्रेलिया वा अन्य विकसित राष्ट्रमा गएका नेपाली दाजुभाई एक महिनाका लागि नेपाल फर्केका बेला पनि निस्सासिन थाल्छन् । हप्ता दिन नेपालमा होलिडे मनाउन नपाउंदै उनीहरु भन्न थाल्छन्- अहो ! कसरी बस्छन् होला नेपालीहरु यस्तो धुलो, धुवां, जाममा ? जताततै फोहोर देखेर कहिले फर्कौं हुन्छ ।’
अस्तव्यस्त शहर, व्यवस्था, जीवनशैलीबाट आत्तिएर उनीहरु जसरी भए पनि विदेशको पीआर लिन्छु भन्दै फर्कन आतुर भइरहेको अवस्था छ । जुन देशमा बीस बाइस वर्ष आफ्नो जीवन व्यतित गरे, हुर्के बढे, संसार ठाने आज त्यस स्थानप्रति माया नभई वितृष्णा मात्र छ । ‘हरे नेपाल कहिले विकसित हुने होला ?’ यस्तै यस्तै सोचेर विदेश फर्कन्छन् । सायद अब नेपाल कहिल्यै बन्दैन भन्ने चिन्ता धेरैमा छ । यस्तो अवस्था कहिलेसम्म ? अब पनि देश विकास नगर्ने हो भने देशका राजनीतिक पार्टीको नेतृत्व गर्ने सम्पूर्णलाई देशले धिकार्नेछ ।
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यसको रसस्वादन गर्न पर्यटकहरू समेत लालायित देखिन्छन् । सांस्कृतिक सम्पदाको परिचय बेग्लै छ । हाम्रो देश नेपाल मौसमको हिसाबले पनि विश्वको उच्चतम् देशमा पर्छ, जहां मानव जीवन रमाइलोसंग बिताउन सकिन्छ । उच्च तापक्रम भएका खाडी मुलुकहरू विकसित हुने, न्यून तापक्रम भएका युरोप, अमेरिका विकसित हुने हाम्रो देश किन नहुने ? यसको समाधानका लागि हामी सबै नेपाली एकजुट भएर सफलताको शिखरतर्फ देशलाई डोरयाउनुपर्छ ।
देश विकासलाई राजनैतिक दल तथा नेपाली जनताले प्रमुख मुद्दा नै बनाएनन् । कहिले प्रजातन्त्र प्राप्तिको लागि राणाशासक विरुद्ध आन्दोलन गर्नु परयो । प्रजातन्त्र प्राप्तिपछि फेरि दुर्भाग्यवश पञ्चायत शासन सुरू भयो । यसरी एक पछि अर्को गरी नेपाल आमालाई पीडा, दुःख, रोदन र सन्तानको जीवन बलिदान भएको हेरिरहन वाध्य बनाइयो । नेपाली आमाको मुहारमा खुसी ल्याउन हामी सबै हातमा हात मिलाएर देशको विकासमा केन्द्रित हुनु अति नै आवश्यक छ ।
प्रत्येक दिन हजारौं नेपाली श्रमको खोजीमा खाडी मुलुक जान रोकिनुपर्छ । देशमै रोजगारीको प्रत्याभूति हुनुपर्छ । विकसित मुलुकमा पलायन भइरहेका प्रत्येक देशप्रेमी नेपाली स्वदेश फर्किने वातावरणको निर्माण हुन जरुरी छ ।
वास्तवमा नेपाल विकास नहुनुमा शासनप्रणाली मात्र दोषी छैन्, राजनीतिक नेताहरूको स्वार्थ, आफू र आफनो पार्टी भन्दा देशको माटो ठूलो हो भन्ने मानसिकताको विकास नहुनु हो । नीति नियम निर्माण गर्दा देशलाई भन्दा आफू र आफनो पार्टीलाई बढि प्राथमिकता दिने सोचले गर्दा यस्तो भएको हो ।
अर्कोतर्फ व्याप्त भ्रष्टाचार, ढिलासुस्ती जस्ता दीर्घ रोगले गर्दा देशले विकासको फड्को मार्न सकेको छैन् । राजनीतिको अर्थ समाजसेवा गर्नु हो भन्ने मानसिकता विकास हुनै सकेन जसले गर्दा आज नेपाल आमाको गहभरि आंसु टलपलाई रहेको छ । हरेक नेपालीहरुको मनमा देशप्रेम हुन जरुरी छ । देशको विकास सम्पूर्ण नेपालीको सर्वोत्तम मुद्दा बन्नुपर्छ । राजनीतिक दल आर्थिक विकासमा केन्द्रित हुनु अति आवश्यक छ ।
अबको दश बीस वर्षमा देशको मुहार फेर्नु छ अनि विकसित देशमा पलायन भएका नेपालीहरू आफ्नै मातृभूमि सम्झेर फर्किनेछन् । श्रमको खोजीमा जन्मभूमि, घरपरिवार छोडी बिरानो मुलुकमा पसिना बगाउन छाड्ने छन् । देशमा सुनौलो भविष्य निर्माण हुने वातावरण सिर्जना गरी स्वर्गरुपी गगनमा रम्न सम्पूर्ण नेपालीहरू लालायित हुनेछन् । प्राकृतिक छटाहरूको विमान चढी वीर नेपालीहरु देशको परिवर्तनशील मुहार हेरी नतमष्तक हुनेछन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च