सोल, १२ माघ – अमेरिकाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ ।
दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो ।
यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर छ ।
दक्षिण कोरियामा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागिताका लागि हजारौँ खेलाडी तथा खेल अधिकारीहरु जम्मा हुन लागेका छन् । दक्षिण कोरियाको राजधानी सोलमा ठूलो सङ्ख्याका विदेशीहरु जम्मा हुन लागेको अवस्थामा दक्षिणी क्षेत्रको एक अस्पतालमा व्यापक आगलागी भएको छ ।
सामाजिक सञ्जालमा राखिएका श्रव्यदृश्यहरुमा उक्त अस्पतालमा रहेका विरामीहरुलाई अस्पतालको छत् तथा कौसीमा जम्मा गरेर हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएका देखिन्छ ।
छ तल्ले सो भवनमा सरकारी अस्पताल रहेको छ । मृत्यु हुनेमा विरामी र उनका कुरुवाहरु पनि परेका जनाइएको छ ।
उक्त अस्पतालमा दिउँसाको खानाखाने बेलामा अकस्मात आगो लागेको हो । सो आगलागीबारे अहिलेसम्म पनि केही भन्न नसकिएको अस्पतालका चिकित्सक र नर्सले जनाएका छन् ।
‘खानाको समयमा अकस्मात आगो दन्किएको देखिएपछि एकाएक मानिसहरुमा भागाभाग मच्चियो, अहिलेसम्ममा निकै ठूलो क्षति भएको छ’– उनीहरुले भनेका छन् ।
आगो भूइँ तल्लाबाटै सुरु भएको देखिएको छ । जसका कारण धेरैजसो मृत्यु हुनेहरु अस्पतालको दोस्रो र तेस्रो तल्लाका रहेका छन् ।
अहिले आगो नियन्त्रणमा लिने मात्र प्रयास भएको छ र के कतिजना मानिस के कसरी परे भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
उक्त आगलागी भएको समयमा सो अस्पतालमा विरामी र कर्मचारी गरेर कम्तीमा पनि २०० जना व्यक्ति रहेका थिए ।
दोस्रो तल्लामा रहेका एकजना विरामीले भने– ‘हामी दोस्रो तल्लामा थियौँ, यत्तिकैमा यहाँका नर्सले अकस्मात चिच्चाउँदै आगो लागेकोले भाग्न भनेपछि हामी पनि त्यहाँबाट भाग्यौँ ।’
नर्सले अस्पतालको आकस्मिक कक्षबाट भाग्न भनेको भए तापनि कतिपयले त्यसको मेसो नपाएर पनि धेरैको ज्यान गएको उनले बताए ।
दक्षिण कोरियाकै एक जेचोन नामक सहरमा करिब महिना दिन अघिमात्र भएको आगलागीमा परी कम्तीमा पनि २९ जनाको ज्यान गएको थियो ।
फिजिकल फिटनेस सेन्टरमा भएको सो आगलागी विद्युतीय गडबढीका कारण भएको त्यस समयमा बताइएको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने