पोर्तुगल । पोर्तुगलमा बिहीबार बिहान भएको दुर्घटनामा परी एक नेपाली युवतीको मृत्यु भएको छ । अन्य ७ घाइते भएका छन् । दुर्घटनामा परी चितवन निवासी अन्दाजी २४-२५ वर्षकी चेतमाया खुलालको घटनास्थलमै मृत्यु भएको बराइरो हस्पिटल मोन्तेजुले जनाएको छ । पोर्तुगलको फाइसबाट फिदिरियस जांदै गरेको गाडी सडकमा चिप्लिएर सेतुबल मोन्तेजुमा दुर्घटना भएको थियो ।
पाकिस्तानी ड्राइभरसंगै अन्य छ घाइते नेपाली महिलाको स्थानीय सेतुबल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए । घाइते हुनेमा आरती श्रेष्ठ राई, उषा बर्तौला, अनिसा बिक, अल्का भेटवाल, ड्राइभर तुफेल मोहम्मद लगायत छन् ।
घट्नाबारे लिस्बोनस्थित अवैतनिक नेपाली बाणिज्यदूत र हाल लिस्बोनमा रहेकी पोर्तुगल हेर्ने फ्रान्सस्थित आवासीय नेपाली राजदूत श्रीमती अम्बिकादेवी लुईंटेललाई समेत अवगत गराइएको बताइएको छ ।
गणेश ज्ञवालीद्वारा सञ्चालित ‘क्यापासिटी फर वर्क’ नामक कम्पनीले आफ्ना कामदारलाई काममा लिएर जाने क्रममा बिहान करिव ८ बजे तिर सो दुःखद घट्ना भएको हो । गाडी चिप्लिएर दुर्घटना भएको जनाइएको छ । उनीहरु फुलमा काम गर्ने बुझिएको छ ।
मृतक खुलाल केही महिनाअघि मात्र पोर्तुगल आएकी थिइन् । उक्त कम्पनीमा एक भारतीयसहित १२ जना नेपाली महिला काम गर्छन् ।
‘घट्नाले प्रवासी नेपाली मञ्च पोर्तुगल मर्माहत’
उक्त घट्नाप्रति प्रवासी नेपाली मञ्च पोर्तुगलले दुःख व्यक्त गरेको छ । मञ्चले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
मञ्चका महासचिव राजकुमार थापाले एक विज्ञप्ति प्रकाशित गर्दै दुर्घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
परदेशी भूमिमा भएको यस्तो दुःखद र असामयिक घट्नामा पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धैर्य रहन आग्रह गर्दै मञ्चले पीडित परिवारजन र व्यक्तिहरुलाई सबै खाले सहयोग र सहानुभूति जनाउन आव्हान समेत गरेको छ ।
घट्नापछि एनआरएनए पोर्तुगलले तत्काल लिएको पहलकदमी र तदारुकताका लागि मञ्चले सरहाना व्यक्त गर्दै पीडित परिवारजन र व्यक्तिहरुलाई आवश्यक पर्ने सबै खालको सहायता ब्यवस्था मिलाउन लिस्बोनस्थित अवैतनिक नेपाली बाणिज्यदूतको कार्यालय र फ्रान्सस्थित नेपाली दूतावास तथा अहिले पोर्तुगलमै रहेकी राजदूतको समेत ध्यानाकर्षण गराएको छ ।
मञ्चले यस दुःखद घडीमा आवश्यक सबैखाले सहयोगकालागि आफू तत्पर रहेको समेत जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा