काबुल, अफगानिस्तान, ७ माघ – अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ ।
होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित चार जना अफगानी नागरिकको ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।
‘आतङ्कबादीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका थिए’- गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताउनुभयो ।
आतङ्कवादीको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीले बताएका छन् । घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेको प्रवेशमा रोकी कारबाही थालिएको थियो ।
घटनास्थलमा उद्धारका लागि पुगेका एम्बुलेन्सलाई समेत होटल नजिकै लाइनमा राखेर होटललाई सुरक्षा नियन्त्रणमा लिइएको थियो ।
होटल आक्रमणमा संलग्न सवै हमलाकारी मारिएका छन् ।
आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर सरकारी सुरक्षाफौजले घटनामा तालिवानी समूहको संलग्नता रहेको आशङ्कामा छानविन शुरु गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा