नयाँदिल्ली, ५ माघ – भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ ।
उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ ।
‘निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सवै दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्’- श्रोतले भन्यो ।
प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।
दिल्ली संसदका ती २० जना सदस्यहरू माथि कारबाही भएर सांसद पद खारेज भएमा आम आदमी पार्टीको सरकारलाई चुनौती हुनेछ ।
दिल्ली संसदका ७० जना सांसदमध्ये आम आद्मी पार्टीका मात्रै ६५ जना सांसद छन् ।
अयोग्यताका कारण कारबाहीमा परेर सांसद पद खाली भएमा उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पदपुिर्त गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रीलाई सहयोगका लागि सरकारले संसद सचिवहरु प्रायजसो नियुक्त गर्ने गर्दछ । सरकार परिवर्तन भएको वेला उनीहरूलाई नयाँ सरकारले फेरबदल पनि गर्न सक्छ ।
पूर्व नागरिक अभियन्ताबाट राजनीतिज्ञमा रुपान्तरण भएका केजरीवालले आम आद्मी पार्टीको तर्फबाट होस् वा मुख्य मन्त्रीको रूपमा होस्, विकासका बारेमा आवाज उठाउने गरेका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने