सल्यान- राप्रपा नेपाल सल्यानका अध्यक्षसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) पार्टी कार्यालय खलंगामा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेको एमालेका जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिए ।
आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको बताउंदै राप्रपा नेपालका जिल्ला नेता सिंहले भने–’राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन, त्यही भएर हामीले एमालेमा प्रवेश गर्ने निर्णय गरेका हौँ ।’
नवप्रवेशी सबैलाई पार्टीमा स्वागत गर्दै एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले उनीहरुलाई सम्मानजनकरुपमा व्यवस्थापन गरिने जानकारी दिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला