
याङ्गुन, ३ माघ – म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको रयालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ ।
सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु भएको छ । अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ ।
बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको रयाली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ ।
एकजना प्रहरी अधिकारीले भनेका छन्– ‘उक्त रयालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीको क्रमका सात व्यक्तिको मृत्यु भएको हो ।’
साथै यस झडपमा परी अरू एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले एएफपी समाचार समितिलाई बताएको छ ।
रोहिंग्या मुसलमान समूदायको बलियो प्रभाव रहेको भनिएको सो राज्यबाट हाल छ लाखभन्दा बढी रोहिंग्या भागेर बङ्गलादेश पुगेका छन् । उक्त राज्यमा गएको केही महिनादेखि भएको सैनिक दमनका कारण अस्तव्यस्त भएको छ । राखिनमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी जम्मा भएका थिए । जुलुस के कति कारणले अचानक हिंसामा परिणत भएको हो भने बारेमा केही प्रष्ट हुन सकेको छैन ।
प्रहरीले हिंसामा उत्रेको भीडलाई तितरबितर पार्न चेतावनीस्वरुप रबरको गोली प्रहार गरेको र प्रर्दशनकारीहरु त्यसपछि पनि नरोकिएपछि गोली नै प्रहार गर्न बाध्य भएको बताएको छ ।
म्यानमार प्रहरीका प्रवक्ता कर्णेल म्यो सोएले एएफपी समाचार समितिलाई बताएअनुसार उक्त भीडले सरकारी कार्यालयमा कब्जा गर्न खोजेको र त्यसपछि प्रहरीले बाध्य भएर गोली हान्नु परेको थियो ।
गएराति एमरक यु मन्दिर परिसरमा भएको यस हिंसामा सातको मृत्यु हुनुका साथै अन्य २० भन्दा बढी घाइते भएको प्रहरी प्रवक्ता सोएले बताउनुभएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]