बेरुत, लेबनान, २ माघ – सिरिया सङ्कट समाधानका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा अष्ट्रियाको राजधानी भियनामा गरिने नयाँ वार्तामा विद्रोहीले सहभागिता जनाउने मङ्गलबार सञ्चारमाध्यमले जनाएका छन् ।
भियना वार्ता मिति सार्वजनिक नभैसकेको अवस्थामा विद्रोहीले भने वार्तामा आफ्नो समूहले सहभागिता जनाउने बताएको हो ।
सिरियाको शान्तिवार्ता आयोगको कार्यालयले आज एक विज्ञप्ति जारी गरी विद्रोहीले नयाँ चरणको वार्तामा सहभागिता जनाउने बताएको छ । भियनामा हुने वार्ताको मिति छिट्टै तय गरिने कार्यालयले बताएको छ ।
यसैबीच रसियाको समर्थन प्राप्त सिरियाली राष्ट्रपति बसर अल असदले पनि यही जनवरीको २९ र ३० गतेका लागि शान्ति सम्मेलनको घोषणा गर्नुभएको छ । असद सरकारको सहयोगी इरान र विद्रोहीको निकट मानिने टर्कीले सहआयोजक रहेको सम्मेलनले द्वन्द्वपछिको सिरियामा संविधान निर्माणका लागि छलफल गर्ने बताइएको छ ।
सिरियाबारे पछिल्लो वार्ता डिसेम्बरमा भएपनि यहाँ विगत सात बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि खासै उपलब्धि हुन सकेको थिएन । यस पहिले वार्ता स्वीट्जरल्याण्डमा नै जनवरी २१ देखि हुने अपेक्षा गरिएको थियो ।
सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण करिब तीन लाख २० हजार नागरिकको मृत्यु भएको छ भने यहाँको झण्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान