
बेलायत । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी यूके) ले विश्व शान्तिका लागि गत ७ बाट जनवरी १४ सम्म पूजा आराधना गरेको छ । निमापा, साक्यपा, क्येलुपा र कक्युपाद्वारा संयुक्त रुपमा गरिएको यस पूजामा जनवरी ७ बाट ११ जनवरी शुक्रबारसम्म ह्युम पूजा गरियो ।
१२ जनवरीका दिन तारा पूजा र अन्तिम दिन १४ जनवरीमा नेपालीमा अनुबादन गरिएको दोमंग किताब विमोचन तथा वितरण गरिएको थियो । पूजाका लागि भारत धर्मशालास्थित गेलुपा गुम्बाका नवाङ शेर्पा, नवाङ पेङपा, लोसङ निमा र पासाङ वाङदु सहभागी थिए ।
नेपालबाट खेन्पो वागीन्द्र शिला, खेन्पो से नाम्खा दोर्जे, खेन्पो गुप्ती गुरुङ, आचार्य कुङक्याब, जनता गुरुङ, बेलबहादुर गुरुङ लामा, लामा दोर्जे गुरुङ, लामा न्वाङ साथै लामा दावा आएका थिए । पूजाको निर्देशन बीसीसी यूके गुम्बाका धार्मिक निर्देशक खेन्पो हुङपाले गरे ।
सो अवसरमा नेपाली अनुवाद गरिएको दोमङ किताब विमोचनका क्रममा आमा समूहको तर्फबाट उपाध्यक्ष इन्द्र गुरुङ तथा अन्तिम गुरुङ, सम्पूर्ण लामा गुरु, बीसीसी यूकेका अध्यक्ष ले. नारायण गुरुङ, संस्थापक अध्यक्ष काजी शेर्पा, सल्लाहकार मे. खुसीमान गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ र आमा टोलीको तर्फबाट केक काटेर खुशीयाली मनाइएको थियो ।
पूजामा बीसीसी यूकेका कार्यसमिति सदस्यहरु तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । ह्युम पूजाको संयोजक उपाध्यक्ष हर्क गुरुङ र अर्का उपाध्यक्ष नरेश गुरुङले गरेका थिए । संस्थाका महासचिव गोविन्द गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा बीसीसी यूकेका अध्यक्ष गुरुङले सम्पूर्ण धर्मवम्लाबी, कार्यसमिति, चन्दादाताहरु, पत्रकार र स्वयमसेवकलाई धन्यवाद दिए ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग