लन्डन । एफसी केन्ट गोरखा भेट्रान्सले बेलायतको फोक्सटनमा अन्तिम च्यारिटी नाइट गरेको छ । आउंदो फेब्रुअरी २० देखि ९ मार्च २०१८ भित्र काठमाडौं र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागी गोर्खा वेलफेयर ट्रष्टसंग सहकार्य गरेर च्यारिटी फण्ड रेज गरिएको क्लवका प्रवन्धक बुद्धी सुनुवारले बताए । बेलायतको केन्ट एरियाका ३ ठाउं आसफोर्ड, मेडिस्टोन र फोक्सटनमा फण्ड रेज गर्ने योजना भए अनुसार गत १४ जनवरी २०१८ का दिन फोक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ्ग र १ आरजीआरका गोरखा मेजर सुरेशकुमार थापाको आतिथ्यमा क्लबले अन्तिम च्यारिटी डिनर नाइट गरेको हो ।
नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाससँगै सन् २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्नुका साथै समाजमा घुलमिल गराउन क्लबको स्थापना सन् २०१४ मा भएको थियो ।
मन्तव्यका क्रममा अतिथि फोक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ्गले बेलायतमा रहेपनि मन नेपालमै भएको जनाउंदै अरु माध्यमबाट नेपालमा सहयोगहरु भइरहे पनि यस पटक भेट्रान्सको फुटबल क्लबबाट सहयोग गर्नु एउटा ऐतिहासिक कार्य भएको बताए ।
बेलायतमा भएको डिनर नाइट र नेपालका २ ठाउंमा खेलिने खेलबाट उठेको रकम काठमाडौंमा गोर्खा वेलफेयर ट्रष्ट नेपालको मातहतबाट अनाथ बालबालिका तथा बाल आश्रमलाई दिने र पोखरामा साहारा युथ क्लबलाई हस्तान्तरण गर्ने क्लबको योजना रहेको पनि प्रवन्धक सुनुवारले जानकारी दिए ।
यसका साथै यस क्लबले नेपालमा गएर खेल खेल्न बेलायतको विभिन्न ठाउंमा अभ्यास खेल पनि खेलिरहेको टिम कोच लोक चेम्जोङले जानकारी दिएका छन् ।
सांझ ५ बजे बाट सुरु भएर राती १० बजे सकिएको उक्त कार्यक्रम भास्कर राईको संयोजन र टिम कोच लोक चेम्जोङले सञ्चालन गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा